तीन तान्काहरु
हुलाकी आयो
तिमी किन आएनौ
माया बोकेर
रमझममा परि
भुल्यौ कि परदेशी ।।१।।
बैशालु आँखा
तिम्रो जवानीमाथि
लोभियो अति
पर्खन एकैछिन
हेरेरै प्यास मेट्छु ।।२।।
पूर्व पश्चिम
तिम्रो मेरो गन्तव्य
समागममा
म सम्झि तृप्त हुनु
अन्तिम विकल्प यो ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments