गजल

चौतारी पो किन भन्नु पिपलसँग बरै छैन,
आशे खेती कति गर्नु ओतिनलाई घरै छैन ।

मुटू साटी मायादिँदा हिजो सम्झि रुनुपर्छ,
हिजो आज अल्लारेको कति पनि भरै छैन ।

जता ततै भताभुङ्ग देख्छु मेरो संसार यहाँ,
छेकि थुनी बसाउ भने समाउने जरै छैन ।


मान्छे पनि सानो ठूलो हुने रै’छ धरतीमा,
म त भन्छु सबै मान्छे कुनैपनि थरै छैन ।

कतिसम्म पापीबन्न सक्दो रैछ मान्छेहरु,
नर्कलोकमा झर्छौ भन्ने रतिभर डरै छैन ।।

१८ मंसिर २०६८
काठमाडौ ।

0 comments

Post a Comment