गजल

खुशी बोकि यो धर्तीमा फेरि पलाउनुछ,
समान्ताको आँखाहुने मान्छे फलाउनुछ ।

जताततै स्वार्थफूल्यो भन्छ फूलका आँखा,
पापीबस्ति खोजि खोजि सबै जलाउनुछ ।


आफू बाँच्न पराईको गला रेट्छन् मान्छे,
त्यस्ता स्वार्थी मान्छेको नै मुटू गलाउनुछ ।

सबै मनले हाँस्न पाउँने बन्दो बस्त गर्न,
कलियुगमा सत्ययुगको शासन चलाउनुछ ।।

२७ अक्टोबर २०११
काठमाडौ ।

0 comments

Post a Comment