सपनाको बिनिमय
रहरका भरिया यो जिन्दगी
रहरकै भारी खेप्दा/खेप्दै
कुनै चौतारी उधो
कुनै उकाली/ओराली उधो
बिसाउने बहानामा
चढ्ने/झर्ने बहानामा
थाहा छैन
कुन दिन थला पर्ने हो ।
थलो पर्नुपर्ने/माटोमा मिल्नुपर्ने
थाहा हुँदा हुँदै
म भने
चुम्लुङ्ग जस्तै उचो
सपनाको भण्डार गर्न
रेगिस्तानी बस्तिहरुमा
बालुवाको महल सिंगार्न व्यस्तछु
एक बस्ता रहरसंग
एक पोल्टो सपना साट्दै
एक ढाकर उमेर निखार्न अभ्यस्तछु ।
रहरकै भारी खेप्दा/खेप्दै
कुनै चौतारी उधो
कुनै उकाली/ओराली उधो
बिसाउने बहानामा
चढ्ने/झर्ने बहानामा
थाहा छैन
कुन दिन थला पर्ने हो ।
थलो पर्नुपर्ने/माटोमा मिल्नुपर्ने
थाहा हुँदा हुँदै
म भने
चुम्लुङ्ग जस्तै उचो
सपनाको भण्डार गर्न
रेगिस्तानी बस्तिहरुमा
बालुवाको महल सिंगार्न व्यस्तछु
एक बस्ता रहरसंग
एक पोल्टो सपना साट्दै
एक ढाकर उमेर निखार्न अभ्यस्तछु ।

0 comments