गजल

खाँचो पर्दा म त सधै बर्षा छेक्ने पाली बने,
दोबाटोमा लड्न लाग्दा समाउने डाली बने ।

विश्वासगरे मायागरे तिम्लेमात्र फूल्नु भन्दै,
तिम्रोदिलको रक्षागर्ने मै गतिलो माली बने ।


पसिनाको धाराबगाई अभावजति पर सार्दा,
ओठै भरि मुस्कानभर्ने चहकिलो लाली बने ।

मागेजति सबै सुम्पे दायित्व हो मेरो सोचि,
मौकाछोपि लुटिगयौ अनि पो म खाली बने ।।

०१ नोभेम्बर २०११
काठमाडौ ।

0 comments

Post a Comment