यस्तो रहर जाग्यो
रेगिस्तानी जिन्दगीमा तिम्रो दिल शितल लाग्यो,
तिम्रै दिलमा थकाईमार्ने किन यस्तो रहर जाग्यो ।
तिम्रो साथ पाए भने यो जिन्दगी फूल्छ होला,
भए भरका हाँसो खुशी यै ओठमा झूल्छ होला ।
हजारौको भिड माझ यो आत्माले तिमी माग्यो,

एउटै बाटो यात्रा गर्ने सपना बुन्दै बसेकोछु,
शंका पाल्ने यो मनलाई विश्वासले कसेकोछु ।
एक्लै जीउछु म त भन्ने संकल्पनै कता भाग्यो,
तिम्रै दिलमा थकाईमार्ने किन यस्तो रहर जाग्यो ।।
रचनाकाल : २१ जूलाई २०११
दोहा, कतार ।

0 comments