गजल

ढुङ्गे मनलाई सिङ्गो मुटू दिएर भूल गरे,
माया फाट्दा बेहोशीमा पिएर भूल गरे ।

फूले पछि झर्नुपर्छ यस्तै चलन सम्झि,
फाली जस्तै आफू बनि खिएर भूल गरे ।


स्वार्थी बस्ने बस्तिभरि हुन्न चोखो माया,
निष्ठुरीको जाली माया लिएर भूल गरे ।

फाटे पछि आशाहरु कस्ले टाल्न सक्छ,
सक्छु भन्दै त्यही आशा सिएर भूल गरे ।।

१५ अक्टोबर २०११
काठमाडौ ।

0 comments

Post a Comment