तीन तान्काहरु
शैलुङ्ग लेक
तुषारो बर्षातमा
रुझेको बेला
भेडी खर्केलाई चै
बेशी झर्न हतारो ।।१।।
यो मुटू भरि
चोटहरु भण्डार
बल्झेर दुख्छ
म भने यात्रा नाप्छु
मुस्कानकै खोजीमा ।।२।।
प्यासी यात्री म
काकाकुल बस्तिमा
माया पिउँने
मृगतृष्णा बोकेर
बसाई सर्न आए ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments