गजल

यता उता खुशी खोज्दै गोल्याएर बेरी रहेँ ।
रहरको बिस्कुन लाग्यो टोलाएर हेरी रहेँ ।।

आँखाहरू मात्तिएर स्वर्णिम बस्ती खोज्दा ।
लेकदेखि बेशीसम्मै मनको डेरा फेरी रहेँ ।।

धरतीमै बसीबसी आकाश छुने चाहनाले ।
गलत गर्न उस्काउँदा त्यही कुरा टेरी रहेँ ।।


मायालुले घात गरी भाखाहरू फेर्न थालिन् ।
गोधूलिमा बाटो हेर्दै चौतारीलाई घेरी रहेँ ।।

धोका हुँदा आफ्नै गला आत्तिएर सेरी रहेँ ।
रहरको बिस्कुन लाग्यो टोलाएर हेरी रहेँ ।।

रचनाकाल : २३ मे २०११
दोहा, कतार ।

0 comments

Post a Comment