तीन मुक्तक
मिल्ने भए खुशीलाई काँडेतारले छेक्न,
सबैजना सफल हुन्थे सगरमाथा टेक्न ।
मान्छेसँग मन हुनुले खुशीमात्रै खोज्छ,
त्यसै कारण लुछा–चुडी परेकोछ देख्न ।।१।।
नसोध मलाई तिमी साँध सीमा रहरको,
भोग चलन सकिएछ व्यस्त यो शहरको !
स्वर्ग पुग्न अमृतारस पिउन खोज्छ मन,
सक्छौ भने खोला बगाउ यता जहरको ।।२।।
पाए हुन्थ्यो धरतीमा माया जाँच्ने कसी,
भए हुन्थ्यो भाबीसँग समान लेख्ने मसी ।
खुशीहरु दामासही भाग लाग्ने भएदेखि,
कारोवारमा चाहिन्थेन करारनामा दशी ।।३।।
सबैजना सफल हुन्थे सगरमाथा टेक्न ।
मान्छेसँग मन हुनुले खुशीमात्रै खोज्छ,
त्यसै कारण लुछा–चुडी परेकोछ देख्न ।।१।।
नसोध मलाई तिमी साँध सीमा रहरको,
भोग चलन सकिएछ व्यस्त यो शहरको !
स्वर्ग पुग्न अमृतारस पिउन खोज्छ मन,
सक्छौ भने खोला बगाउ यता जहरको ।।२।।
पाए हुन्थ्यो धरतीमा माया जाँच्ने कसी,
भए हुन्थ्यो भाबीसँग समान लेख्ने मसी ।
खुशीहरु दामासही भाग लाग्ने भएदेखि,
कारोवारमा चाहिन्थेन करारनामा दशी ।।३।।

0 comments