तीन तान्काहरु

पश्चतापमा
घातक बनि हाँस्छ
बिलासि मन
समय क्षितिजमा
हथेली निधारमा ।।१।।

गोधुली साँझ
साथमा तिमी थियौ
दुनिया जित्ने
म कति बहादुर
दोहोरिन्न समय ।।२।।


मनको बस्ति
सधै खाली उ बिना
कसरी तर्नु
जिन्दगीका खहरे
यो मन डराउछ ।।३।।

0 comments

Post a Comment