केही हाईकु
पापी मनले
आशे खेती लगायो
कुर्नै त पर्यो ।।१।।
आकाशे फल
झर्ला नि एकदिन
झरे खाउला ।।२।।
यो मन छल्दै
सत्यमा पर्दा हाल्नु
पनि जिन्दगी ।।३।।
कति सक्नु खै ?
यो मनलाई छल्न
बिद्रोही भा’छु ।।४।।
नागिनलाई
दुध पिलाए मैले
डसेर गयो ।।५।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments