गजल

सयौ जूनी साथै बाँच्ने कसमहरु भूलेपछि,
मर्दो रै’छ बिश्वास पनि शंकाहरु हुलेपछि ।

भलो कुरो गर्नैहुन्न गलत अर्थ लाग्छ यहाँ,
सत्य बचन तितो हुन्छ घमण्डले फूलेपछि ।


मरुभूमी बन्छ सुन्छु हरा भरा यहि संसार,
स्वार्थ पाल्ने पापीहरु बस्ति भरी डुलेपछि ।

मुर्ख देखे दैब पनि पछि हट्न बाध्य बन्छ,
ज्ञानेन्द्रिय बशमा न’भै झेलगर्न झूलेपछि ।।

रचनाकाल : ०७ साउन २०६८
दोहा, कतार ।

0 comments

Post a Comment