जनतन्त्र आयो अब देश बन्छ भन्थे,
चुनावमा जनतालाई नेता देव गन्थे ।
विश्वासगरि जनताले उसैलाई चुने,
कुकुर पुच्छरे नेता कहाँ सिधा बन्थे ।।१।।
विद्रोहको ज्वालामुखी दन्काउनु पर्छ अब,
शोषकलाई रुखमाथि तन्काउनु पर्छ अब ।
बस्ति बस्तिबाट उठौ जागरुक यूवासारा,
देशकालागि एकै धुन घन्काउनु पर्छ अब ।।२।।
0 comments