बसाई सरेछ

मुटू जोडि जीउने सपना झूटो परेछ,
बाटो मोडि रहर अचेल बसाई सरेछ ।

परेलीमा उस्कै तस्विर सजाई बसे’थे,
शंकाहरु पाखा लगाई विश्वास कसे’थे ।
आशा माथि घात भयो विश्वास मरेछ,
बाटो मोडि रहर अचेल बसाई सरेछ ।


निर्मोहीले कस्तो मोडमा छाडी गयोनि,
हाँसी हाँसी बाँच्ने सपना कथा भयोनि ।
फूल्न खोजे मेरै जीवन ओईली झरेछ,
बाटो मोडि रहर अचेल बसाई सरेछ ।।

रचनाकाल : ०३ चैत्र २०६७
दोहा, कतार ।

0 comments

Post a Comment