मार्नु पर्ने भयो

तिम्रो सहर छाडी मैले, अन्तै जानु पर्ने भयो,
तिम्रै रहर उल्टो बग्यो, नातै मार्नु पर्ने भयो ।

यहि हातहो तिमीलाई, अंगालोमा कसी राख्ने,
यहि साथहो सधै भरि, तिम्रो छेउ बसि राख्ने ।
यहि साथले विजाउदा, प्राणै सार्नु पर्ने भयो,
तिम्रै रहर उल्टो बग्यो, नातै मार्नु पर्ने भयो ।

तिम्रो खातिर हिजोमैले, आफ्नैखुशी मारेकोथे,
सानो चोटमा दुख्दापनि, धेरै आँसु झारेकोथे ।
सफा मनको मायाँपनि, त्यसै मार्नु पर्ने भयो,
तिम्रै रहर उल्टो बग्यो, नातै मार्नु पर्ने भयो ॥

रचनाकाल १० अक्टोवर २०१०
दोहा कतार ।


0 comments

Post a Comment