तिमीले जित्नेछौ

तिमीले जित्नेछौ
तिम्रो जित सुश्चित छ
किन कि
मैले तिमी भित्र
निडरता र लगनशिलता देखेको छु
हो तिमीले जित्नै पर्छ
तिमी सत्यको पक्षमा छौ ।
कलियुग हो यो
तर जित सत्यकै हुनेछ
विना स्वार्थ चल्ने कलम
ज्यानको आहुती दिन सक्छ
तर
असत्यको सामु घुडा टेक्दैन
हो त्यसैले तिमी
किन्चित पनि विचल्लित नभई
सत्यको लागि लड्नै पर्छ ।
कलम माथि धावा बोल्ने
रक्त पिपासुहरु माथि
शव्द्धहरुको बारुदले
छद-विछद बनाउनै पर्छ ।
जव सम्म रक्त पिपासुहरुको
संहार गरिन्न तब सम्म
तिम्रो सत्यतालाई दवाउने
दुष्साहस गरि रहन्छन् ।

असत्यको पराजित निश्चित हो
तर

यो धरती आफ्नो मात्र
विर्ता ठान्नेहरु
अहमताको उर्जा थपेर
फेरि ताण्डव नृत्य देखाउने
सपनाहरु तुनि रहन्छन्
त्यसैले अब तिमी
अन्तिम युद्धको तयारी गर ।
सत्यलाई पराजित गर्ने
दिवास्वप्न देख्नेहरु माथि
चोटिलो प्रहार गरेर
वंशनै सखाप पारिदेउ
भोलि फेरि बुद्धको देशमा
रक्त पिपासुको जन्म नहोस ।

रचनाकाल ०१ जून २०१०
दोहा कतार ।

0 comments

Post a Comment