ऐ मानव कंकालहरु
आज मानव वस्तिमा
मानवताको अनिकाल छ
त्यसैले त मान्छेलाई
पशु भन्दा हुन्छ ।
मनको कालो मैलो
तनको सुन्दरताले ढाकेर
आज मान्छे मान्छेको
विश्वासमा परेड खेल्छ ।
दुई दिनको जिन्दगीमा
कसैको दिल तोडेर
कसैको खुशी खोसेर
आफु हाँस्न खोज्छ ।
तर खै मान्छे
अजम्वरी बन्न सकेको
एक दिन जानुपर्ने
सत्यतालाई किन भूल्छ ।
ऐ मानव कंकालहरु
आफूलाई मान्छे हुँ
ठान्छौ भने
छातीलाई चौडा बनाउ ।
सानो छाती भित्र
विशाल धरती बसाउ
फूलको आँखा हालेर
दुनिया नियाल्ने गर ।
अनि पो तिमी
बुद्धले चाहे जस्तै
नयाँ मानव बस्तिको
मानव कहलिने छौ ।
संकल्प गर आजै
तिम्रै पौरखीला हातबाट
नयाँ युगको शुरुवात
गर्नु पर्छ अब ।
शक्तिको होडवाजी अनि
जाल झेलको खेतीलाई
जिवान्त राख्छौ भने
विनाश निश्चित छ ।
तिम्रा रित्त्ता आडम्वरी बस्तिलाई
खरानी बनाउनकै लागि
तिम्रा बस्ति बस्तिमा
कालरात्री आउने छ ।
त्यसैले म भन्छु
ऐ मानव कंकालहरु
कालरात्री आउनु अगावै
तिमी मान्छे बनिदेउ । रचनाकाल २९ जून २०१०
दोहा कतार ।
0 comments