खुशी साँचु लाग्थ्यो
तिमी थियौ मेरो, धेरै बाँचु लाग्थ्यो
तिम्रै साथ हाँस्न, खुशी साँचु लाग्थ्यो ।
मलाई रित्तो बनाई, तिम्ले बाटो मोड्यौ,
तिमी तर् यौ पारी, मलाई वारी छोड्यौ ।
हजारौ भिड माझ, तिमी प्यारो लाग्थ्यो,
तिम्रै साथ हाँस्न, खुशी साँचु लाग्थ्यो ।
कस्तो मन तिम्रो, चोखो नाता तोड्यौ,
तोड्नै थियो भने, किन नाता जोड्यौ ।
तिम्रै घरको नजिक, डेरा सारु लाग्थ्यो,
तिम्रै साथ हाँस्न, खुशी साँचु लाग्थ्यो ॥
रचनाकाल २७ मे २०१०
दोहा कतार ।
रचनाकाल २७ मे २०१०
दोहा कतार ।
0 comments