आजको मेरो विहानी

स्वप्निल संसारको स्वर्णिम बस्तिहरुमा
तिम्रो प्रतिविम्व खोज्दा खोज्दै
उषाले उपस्थिती जनाई सकेछ ।
तिम्रो लालित्य नियाल्ने संकल्प
आज पनि अधुरै रहदा
मेरो जिजीविषा मरेर आयो ।
क्षितिज पारीको गाँउ सम्म
तिम्रो पदचाप पहिल्याउदा पहिल्याउदै
धरतीमा उज्यालोको साम्राज्य छायो ।
सुनौलो विहानीका आगमनमा
हर्षोउल्लास मनाई रहेका
भंगेरा र गौथलीका हुललाई
बेस्सरी झपार्न मन लाग्यो ।
अस्तितिरका हरेक विहानीमा
तिनका मन छुने आवाज
आज कर्कस लाग्यो ।
मेरो मनोकांक्षा तृप्त नहुदै
मेरो तन्द्रा बिथोलिदा
त्यसैले आजको मेरो विहानी
सुनौलो विहानी बन्न सकेन ।

रचनाकाल २८ जून २०१०
दोहा कतार ।

0 comments

Post a Comment