बेहोस भै ढल्न

चोट खाएर ढल्न लाग्दा, हात समाउने तिमी,
बेहोस भै ढल्न लाग्दा, सुमसुम्याउने तिमी ।

तिमी बाहेक कोही छैन, धरतीमा मेरो भन्ने,
तिम्रै एउटा मन त हो, मलाई मान्छे गन्ने ।
ओइलिएर झर्न लाग्दा, मलजल गर्ने तिमी

बेहोस भै ढल्न लाग्दा, सुमसुम्याउने तिमी ।

यति धेरै गुण लगायौ, देउता सम्झि पुज्छु,
अझै दानी बन्छौ भने, तिम्रो साथ माग्छु ।
जीवन देखि हार मान्दा, साहास भर्ने तिमी,
बेहोस भै ढल्न लाग्दा, सुमसुम्याउने तिमी ॥

रचनाकाल १४ अगस्त २०१०
दोहा कतार ।

0 comments

Post a Comment