मेरो एउटा साथी छ
जिन्दगीको मोडहरुमा थरि थरिका मान्छेहरु सँग सहयात्रा गर्नु पर्दो रहेछ । मैले त हरेक मोडमा मलाई लुट्न खोज्नेहरु मात्र पो भेटे ! ती मध्येका केहिले त मलाई लुटेपनि । लुटेराहरुको भीडमा एक जना भेटे जस्ले मलाई कहिले पनि लुट्न चाहेन । त्यसैले त यो मन ती महान् दिलका धनिप्रति जीवनको अन्तिम पलसम्म सोलुट गर्न पाउनु आफ्नो शौभाग्य ठान्छ । कि गर्नु कुरा खुनीको कि गर्नु गुणीको रे मैले यस्तै सुनेको कसैबाट । खै यो कस्तो जमाना हो अरुको छाती कुल्चेर आफु शिखर चढ्न खोज्ने । आखिर एकदिन मर्नु छ हामीले मर्दा साथ लाने केहि होईन तरपनि किन मान्छे अरुलाई लुट्न यति सारो व्यस्त छन् म त हैरान पो भाको छु । फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार रे आनी छोइङले गाएको सुनेको । म त साँच्चै पो होला भनेर फुलको आँखाले यो संसार नियाल्न थाले । मैले मात्र फुलको आँखाले संसार नियालेर नहुने रैछ नि ! फुलै फुलको संसार बनाउन त अरुले पनि पो त्यो गीत सुन्नु पर्ने रहेछ । सायद कार्य व्यस्तताको कारणले होला नि हगि काँडाहरुले त्यो गीत सुन्न नपाको । विचरा काँडाहरु ज्ञानको कमिले गर्दा म जस्तै कयौलाई विजाउन पुगे होलान कतिले तथानाम गालि गरे होला । माथिबाट भगवानले पनि पो आफ्नो बहिखातामा उस्को पाप दर्ता गरे होलान् । काँडाहरुको लोक परलोकमा हुने हरि विजोग सम्झेर मेरो त आङनै सिरिङग भएर पो आयो भन्या । मेरो जस्तै मुटू काँडाको भएको भए त सायद आफ्नो खुशीको लागि अरुलाई डस्ने थिएनन् होला नि हगि ? म पनि कस्तो हुस्सु भन्या काँडाको पनि मुटू हुन्छ त ? मुटू हुने मान्छेहरु त काँडा बन्नै सक्दैनन् नि । ला ! म त गुणीको कुरा गर्छु भनेको त खुनीको कुरा पो गर्न थालेछु । खुनीको बयान गर्नु भनेको त आफुपनि दुख्नु हो अरुलाई पनि दुखाउनु हो ।
मान्छेले एकदिन यो संसार छाडेर जानु पर्छ थाहा छ ! तरपनि मान्छे ज्यानमा प्राण रहुन्जेल अनेकन सपना देख्ने गर्दो रहेछ । फरक मान्छेको फरक सपना होला अनि सपनालाई सार्थक बनाउने तरिका पनि फरक नै होला । मैलेपनि पो हिजो एउटा सपना देखि टोपलेको थिए क्या । सपनालाई सार्थक बनाउन मेरो बल बुतोले भ्याए सम्मको कसरत गरेको थिए । म सपनाको सगरमाथा पुग्न लागेकै बेला नियतीले मलाई छल्यो । जिन्दगीको कुनै मोडबाट मेरो साथी बनाएर मलाई लुट्नको लागि एउटा काँडा पठाएछ । उस्को काम लुट्नु थियो मौका मिल्यो मलाई लुट्यो बाँच्ने आधार केहिपनि नराखी । फुलको आँखाले संसार नियाल्ने म तर मेरै सहयात्री चाहि काँडा दिएको थाहा पाउदा नियतीसँग सारो रिस उठेको थियो । म जाबोलाई रिस उठेपनि के नै गर्न सक्थे र बस पुर्पुरोमा हात राखेर रुन सिवाए । म लुटिएको पल मसँग त्यो बाहेक अरु विकल्पपनि त थिएन । के गर्नु जे हुनु पर्ने थियो आखिर भएरै छाड्यो मेरो केहि लागेन । मेरो साथमा काँडा छ कि फुल ख्यालै नगरी विश्वास गर्नु मेरै कमजोरी हो ! विश्वास नगरौ पनि कसरी मेरो त फुलको आँखा थियो नि ! त्यसैले त काँडालाई पनि फुलनै देखे । वास्तवमा यो संसारपनि त विश्वासमै अडिएको छ । फुलले कहिलेपनि शंखा रोप्न जानेको हुन्न नि भमरा पो पापी हो त फुलको पराग चोरी भाग्ने ।
यो संसारमा लिन मात्र खोज्नेहरुको बाहुल्यता छ यो कुरा सत्य हो । विना स्वार्थ दिन जान्नेहरु पनि छन् यो सत्यलाई पनि मैले स्विर्कानै पर्छ । खै म त्यो दानी मान्छेलाई के भनेर सम्बोधन गरौ । जस्को कारणले टुटेर फेरि जोडिन सफल भएको छु । सायद उनीसँग मेरो भेट नहुदो हो त यो दुनिया भन्दा धेरै पर पुगि सकेको हुन्थे होला । धन्य छ ईश्वर ! तिम्रो लीला एक हातले लुट्यौ अर्को हातले दियौ । हामी बिच भौगोलिक दुरता थियो ! तर आजको प्रविधिलाई माध्यम बनाएर एक अर्का विच धेरै नजिक हुन सफल भयौ । हामीमा कुनै स्वार्थ थिएन विना स्वार्थ हामी भावनाको नाउ चढेर धेरै ठाँउको सयर गर्न सफल भयौ । कुरै कुरामा मैले एकदिन भने ! म त जीवनसँग थाके अब मलाई जीउने रहर पुग्यो । मलाई त्यो दिन आकाश पाताल जोडेर धेरै सम्झाईन उनीले भनेका हरेक कुराहरु मुनासिव लाग्यो । सोचे मैले धेरै सोचे अनि बहकिन खोज्ने पापी मनलाई लगाम लगाउन थाले । केहि पल अगाडी सम्म मेरो निर्णय सहि हो भन्ने मन आफै होईन मेरो सोचाई गलत हो म गलत छु भन्न थाल्यो । आज म जे छु उनीले गर्दा नै छु । अचेल म गुमाउनु पर्दाको पीडाले दुख्दिन किनकि मेरो साथमा उनी छिन् । कोही त छ विना स्वार्थ मलाई मान्छे भन्ने मैले फुलेको हेर्न चाहाने । हो मैले फुल्नु पर्छ म मान्छे बन्न सक्नु पर्छ मैले फुल्दा मान्छे, बन्दा कोही एक त छ खुशी हुने । मैले अब हार्नु हुन्न थाक्नु हुन्न म मेरो दयालु साथीको खातिर अब मान्छे बन्ने छु । यदि मैले त्यसो गर्न सके भने मात्र उनी हाम्रो भेट सार्थक भएको मान्छिन रे ! भालि समयको छालले उनीलाई जहाँ पुर्याएपनि मेरो प्रगतीमा मुस्कुराउछिन रे । यस्तो साथीको सपना पुरा गर्न मेरो कतव्र्य होईन त ?
मेरो मनको निजी ठम्याई थियो दुनिया स्वार्थी छ भन्ने तर उनीले मेरो ठम्याई गलत हो भन्ने प्रमाणित गरि दिईन् । यो धरतीमा स्वार्थीहरु मात्र छैनन् उनी जस्तो विशाल दिलकी धनिहरु पनि छन् जस्ले अरुलाई खुशी देख्न चाहान्छन् । म उनी जस्तो महान दिलकी धनिलाई आफ्नो आत्मिय मित्रको रुपमा पाँउदा अतिनै खुशी छु । म अब उनीले देखाएको बाटो हिड्नेछु । मेरो सफलताको पछाडी मात्र उनीको हात छ ! यदि म टुटेको पल उनीको साथ नपाएको भए यो सब सम्भवपनि त थिएन । त्यसैले त म भन्छु मान्छु उनीले हो मलाई पूर्नजन्म दिएको । म यो महानता प्रति आभार प्रकट गर्न चाहान्छु । मेरो जीवनको अन्तिमपल सम्म उनी मेरो दिलमा पुजिने छिन् ! हो म त्यो महानताको पुजा गरिरहने छु ।
0 comments