तड्पी तड्पी जीउनु

मलाई धोका दिनु भन्दा, विष दिए हुन्थ्यो,
तड्पी तड्पी जीउनु भन्दा, मर्न पाए हुन्थ्यो ।

चोखो मायाँ विश्वास माथि, घात गर्‍यौ तिम्ले,
निर्दोष थिए मेरो मायाँ, दोष लगायौ तिम्ले ।
यस्तो झेल गर्नु भन्दा, ज्यानै लिए हुन्यो,
तड्पी तड्पी जीउनु, भन्दा मर्न पाए हुन्थ्यो ।

तन मन सुम्पि तिमीलाई, मायाँ धेरै गरे,

त्यै मायाँको पैचो आज, चोटै चोट पाँए ।
विच बाटोमा छाड्नु भन्दा, साथ नदिए हुन्थ्यो,
तड्पी तड्पी जीउनु भन्दा, मर्न पाए हुन्थ्यो ।

रचनाकाल २८ जून २०१०
दोहा कतार ।

0 comments

Post a Comment