गजल

बर्षौ देखि ब्यर्थै त्यता धा’को रै’छु,
त्यसै मख्ख पर्दै माया ला’को रै’छु ।

रुपकै पछिलाग्ने मान्छे कति कति,
हजारौमै सामेल बन्न गा’को रै’छु ।

दोषी मेरै नजर जूनको चाहा गर्नु,
यथार्थ नै भुली अन्धो भा’को रै’छु ।

जब लागिन् अन्तै अनि थाहा भयो,
मुटू चस्स खाने ब्यथा पा’को रै’छु ।

मीठो बोली सुन्दा सोचेँ मायागर्छे,
अर्को हुनेलाई पो पर्खि रा’को रै’छु ।।

३१ जूलाई २०१२
दोहा, कतार ।

0 comments

Post a Comment