तीन मुक्तक

मैले जस्तै सम्झनामा रुनु नपरोस्,
खडेरीको काकाकुलझै हुनु नपरोस् ।
जिन्दगीको मोडहरुमा अतित बल्झे,
सुन्दर मुहार आँसुले चै धुनु नपरोस् ।।१।।

माली बिना पनि फूल्नेलाई सलाम,
पीडा बोकेर पनि खुल्नेलाई सलाम ।
पुष्प नयन ताक्नु आकृतीलाई हेर्दा,
सबै स्वार्थ फालेर डुल्नेलाई सलाम ।।२।।

जिन्दगीका केही बर्ष कालो दिन बने,
पसिनाको बगाई पनि महत्वहिन बने ।
तर पनि हार मानेन मेरो मनले यहाँ,
त्यसैले पो जितहरु मेरो अधिन बने ।।३।।

0 comments

Post a Comment