तीन मुक्तक
अरुण तरे बरुण तरे अनि सुनकोशी,
जिन्दगीका गोरेटामा भेटे मैले रोशी ।
पर्देशमा देश सम्झि मुटू दुख्छ सधै,
यो मुटूलाई दुखाउने आफै परे दोषी ।।१।।
बन्जर नबनाउ जिन्दगीका पाटोलाई,
आफै पहिल्याउ सत्मार्गका बाटोलाई ।
कर्म गरे हरा–भरा हुन्छ तिम्रो जिवन,
कर्मलेनै हसाउनु सकिन्छरे माटोलाई ।।२।।
विविधतामा एकताको फूलमाला त्यसै राम्रो,
एकतामा विविधताको आ–आफ्नो भेषै राम्रो ।
धरतीकै सुन्दर सृष्ट्रि मेरै माटो भन्छु म त,
विश्व मान चित्र भित्र नेपालीको देशै राम्रो ।।३।।
जिन्दगीका गोरेटामा भेटे मैले रोशी ।
पर्देशमा देश सम्झि मुटू दुख्छ सधै,
यो मुटूलाई दुखाउने आफै परे दोषी ।।१।।
बन्जर नबनाउ जिन्दगीका पाटोलाई,
आफै पहिल्याउ सत्मार्गका बाटोलाई ।
कर्म गरे हरा–भरा हुन्छ तिम्रो जिवन,
कर्मलेनै हसाउनु सकिन्छरे माटोलाई ।।२।।
विविधतामा एकताको फूलमाला त्यसै राम्रो,
एकतामा विविधताको आ–आफ्नो भेषै राम्रो ।
धरतीकै सुन्दर सृष्ट्रि मेरै माटो भन्छु म त,
विश्व मान चित्र भित्र नेपालीको देशै राम्रो ।।३।।

0 comments