गजल
सुनामीनै आउँदापनि तिम्लाई छोड्न सक्दिन म,
तिम्रो मेरो चोखोमाया कसम तोड्न सक्दिन म ।
यो आत्माले तिम्रै बखान गाउँछ सधै धरतीमा,
स्वार्थी बनि अरुकै दिल गोड्नपनि सक्दिन म ।
धन सम्पति केही होईन मर्दा रिक्तै जानु पर्छ,
लोभि नजर सिउरिएर बाटो मोड्न सक्दिन म ।
मायाभन्ने शब्दै मीठो एउटा माया झनै मीठो,
तिमी बाहेक अरुसँग नाता जोड्न सक्दिन म ।।
०३ नोभेम्बर २०११
काठमाडौ ।

0 comments