गजल

त्यसै पनि सुन्दर छु, सुन किन चाहियो,
अध्यारोमै बाँचेकोछु, जून किन चाहियो ।

एक्लो मेरो रुवाईनै, काफि हुन्छ मलाई,
मन्त्र मुग्ध बन्नु छैन, धुन किन चाहियो ।


कति सारो नुनिलोछ, मैले भोग्ने जीवन,
अलिनोनै खान सक्छु, नुन किन चाहियो ।

मुटू दुख्दा तातो हुन्छ, बाह्रै मास अचेल,
पुष माघ पाखा पार्न, उन किन चाहियो ।

तिरस्कार गर्‍यौ तिम्ले, पराईको के कुरा,
‘तिरस्कृत’ जिन्दगीमा, गुण किन चाहियो ।।

रचनाकाल : २४ माघ २०६७
दोह, कतार ।

0 comments

Post a Comment