गीत– जिवनसँग
रगत रातो हुँदा पनि भोगाई भिन्न हुन्छन्,
जिवनसँग कोही खुशी कोहि खिन्न हुन्छन् ।
कोही यहाँ लुटी बाँच्छन् कोही लुटाई बाँच्छन्,
शिखर छुने भ्रममा पर्दा आफ्नै छुटाई बाँच्छन् ।
मान्छे मान्छे बिचमै पनि रहर भिन्न हुन्छन्,
जिवनसँग कोही खुशी कोहि खिन्न हुन्छन् ।
लुटी बाँच्ने मान्छे हैनन् लुटाई बाँच्ने मान्छे,
आँधी चलोस् मनमा तर आशा साँच्ने मान्छे ।
जिन्दगीलाई डो¥याउने बाटो भिन्न हुन्छन्,
जिवनसँग कोही खुशी कोहि खिन्न हुन्छन् ।।

0 comments