गजल

नसम्झ है तिम्रो यादमा जलि रहेछु,
शिखर चुम्ने रहर बोकि चलि रहेछु ।

मर्न भन्दा बौलाउन पो असल भन्दै,
तिमी खोज्ने आशे नजर छलि रहेछु ।

धरती माथि ब्याप्त कालो पाखा पार्न,
अध्यारोलाई भगाउ भन्दै बलि रहेछु ।

तिमी बिनापनि जिवन धान्न सक्छु,
खडेरी होस् कि ?  बर्षा म पलि रहेछु ।

0 comments

Post a Comment