तीन मुक्तक

जिन्दगी लाग्दैन किन जिन्दगी जस्तो,
खै म आफै हुँ या मेरै रहर हो उस्तो ।
थाहा छ अब फेरि मिलन हुन्न हाम्रो,
फेरि पनि उसैलाई खोज्ने मन कस्तो ।।

भोगाईमा जिन्दगीले जे जे दिए पनि,
एकान्तमा एक्लै हुँदा आँसु पिए पनि ।
बाहिर हाँसी बाँचेकैछु यो जिन्दगी म,
घुमन्तेले झेल गरेर खुशी लिए पनि ।।

भत्किन्छन् यात्रामा सपनाहरु कति कति,
उभ्याउनु पर्छ आफै भत्किन्छ जति जति ।
आशानै हो सहि ओखती यस्ले प्राण भर्छ,
आशा बचाई राखे जिवनमा हुँदैन कै खति ।।

0 comments

Post a Comment