गजल
गरि खान्छु भन्दा भन्दै खुशी गलेपछि,
आशा पनि मर्दो रै’छ बेदना फलेपछि ।
हराभरा मेरो संसार उजाड भयो सबै,
बहानामै नाता तोडि मलाई छलेपछि ।
फूलको आँखा हेरे तर देखे काँडामात्र,
विश्वासको आधार यहाँ सबै ढलेपछि ।
स्वर्गतिरै डेरा अब सारौ क्यारे लाग्छ,
पापी मनकै यो धर्तीमा राज चलेपछि ।
फूल्नु पर्छ भन्ने चाहा होईन नभएको,
सबै चाहा खरानी भो बस्ति जलेपछि ।।
आशा पनि मर्दो रै’छ बेदना फलेपछि ।
हराभरा मेरो संसार उजाड भयो सबै,
बहानामै नाता तोडि मलाई छलेपछि ।
फूलको आँखा हेरे तर देखे काँडामात्र,
विश्वासको आधार यहाँ सबै ढलेपछि ।
स्वर्गतिरै डेरा अब सारौ क्यारे लाग्छ,
पापी मनकै यो धर्तीमा राज चलेपछि ।
फूल्नु पर्छ भन्ने चाहा होईन नभएको,
सबै चाहा खरानी भो बस्ति जलेपछि ।।

0 comments