के भो र ?
बलेकै आगो ताप्छन् दुनिया तिम्ले पनि ताप्यौ के भो र ?
परेकै हुँ हिजो पनि जालमा तिम्ले पनि थाप्यौ के भो र ?
बहाना गर्छन् हर मान्छेहरु साथ दिन्छु माया गर्छु भन्ने,
चोटै बिनाको घाउमा दुख्दा कोही हुदैनन् ओखती बन्ने ।
च्यापिएकै हँु म हिजो पनि तिम्ले पनि च्याप्यौ के भो र ?

हुनेकै पछि पो त बजि दिन्छन् ताली हजारौ हजार यहाँ,
लिलाम हुन्छ चोखो माया’नि जालीको छ बजार जहाँ ।
फ्याकिएकै हुँ म हिजो पनि तिम्ले पनि फ्याक्यौ के भो र ?

0 comments