तीन मुक्तक
कता हरायौ तिमी हिजो आज,
सधैं यता बेचैनीको भयो राज ।
तिम्लाई खोज्ने मेरा नयनहरु,
आँसुका खेती गर्छन् हर साँझ ।।
त्यो मन अन्तै मोडेर जानेलाई,
जोडिएको मुटू तोडेर जानेलाई ।
भूल्न खोज्छु सम्झिन्छ यो मन,
दोबाटोमा एक्लै छोडेर जानेलाई ।।
गुण खानेलाई गुण लगाई मर्न पाए हुन्छ,
काँडा माथि फूलको नयन भर्न पाए हुन्छ ।
यो धर्तीमा व्याप्त कालो सारा पाखा पारी,
दुईदिन बाँच्दा पूण्य काम गर्न पाए हुन्छ ।।
सधैं यता बेचैनीको भयो राज ।
तिम्लाई खोज्ने मेरा नयनहरु,
आँसुका खेती गर्छन् हर साँझ ।।
त्यो मन अन्तै मोडेर जानेलाई,
जोडिएको मुटू तोडेर जानेलाई ।
भूल्न खोज्छु सम्झिन्छ यो मन,
दोबाटोमा एक्लै छोडेर जानेलाई ।।
गुण खानेलाई गुण लगाई मर्न पाए हुन्छ,
काँडा माथि फूलको नयन भर्न पाए हुन्छ ।
यो धर्तीमा व्याप्त कालो सारा पाखा पारी,
दुईदिन बाँच्दा पूण्य काम गर्न पाए हुन्छ ।।

0 comments