एकै धर्सो जिन्दगीमा

मनभरिका रहरहरु भोलीलाई पो साँच्नुपर्ला,
एकै धर्सो जिन्दगीमा आशा पाली हाँस्नुपर्ला ।

सम्झनाभै नयनभरि बितेका ती हिजो डुल्दा,
अनायसै टोलाउछु म कल्पनामा उनी फूल्दा ।
अधुरै भो मिलन हाम्रो यहाँ एक्लै नाच्नुपर्ला,
एकै धर्सो जिन्दगीमा आशा पाली हाँस्नुपर्ला ।

नयाँ नयाँ सपना बुन्दै गोधुलीमा सँगै हुन्थ्यौ,
सपनाको सिढी टेक्दै आकाशका तारा छुन्थ्यौ ।
त्यहि यादमा रुमलिदै यो जिन्दगी बाँच्नुर्ला,
एकै धर्सो जिन्दगीमा आशा पाली हाँस्नुपर्ला ।।  

0 comments

Post a Comment