तीन मुक्तक
घाउ बिनाको चोटले कत्ति दुख्छ तिम्लाई के थाहा साथी,
स्वाभिमानी यो शीर किन झुक्छ तिम्लाई के थाहा साथी ।
कुन मान्छेमा नहोला र हाँसी हाँसी बाँच्ने चाह धरतीमा,
सबै ओठमा मुस्कान कहाँ पुग्छ तिम्लाई के थाहा साथी ।।
क्याक्टस फूल्ने यो देशमा नयनभरि तिम्रै सम्झना फूल्छ,
तिम्रै प्रतिविम्व थकानमा उर्जा बनेर हर नशा/ नशा घुल्छ ।
रेगिस्तानको उष्णतालाई चिर्न शीतल पवन बनेर दिलमा,
यो छातीभरि तिमी प्रतिको अटल विश्वास र माया डुल्छ ।।
कोही यहाँ चोट दिएर बाँच्छन् कोही चोट लिएर बाँच्छन् ।
बाँच्ने बहानामा अमृत भन्दै कोही शराव पिएर बाँच्छन् ।
म त भन्छु अमूल्य जिन्दगी घातमा कहिल्यै नफाटोस्,
साहस हुने मान्छेहरु मात्र सपना फाट्दा सिएर बाँच्छन् ।।

0 comments