गजल

यो बस्तिमा प्रभातसँगै दिन ढल्छ अचेल,
तिम्रो मेरो सम्वन्धको चर्चा चल्छ अचेल ।

कस्तो तीतो हिजो बन्यो हाम्रो पिरतीको,
मैले अतित सम्झेँभने आशै गल्छ अचेल ।

कुरा काट्छन् यो दुनिया हाम्रै नाम जप्दै,
यस्तो बेला छातीभरि आगो बल्छ अचेल ।

थाहा छैन खुशी भन्ने कस्तो हुन्छ कुन्नि,
नयनबागमा लटरम्मै आँसु फल्छ अचेल ।

के सोचे’थे जिन्दगीमा के के भयो आज,
त्यसैले त पटक पटक मुटू जल्छ अचेल ।।

0 comments

Post a Comment