तीन मुक्तक

जब तिमी ओझेलिन्छौ अनि यता दुख्छ,
स्वाभिमानी यो शीर पनि शर्माउँदै झुक्छ ।
एउटा मनले भन्ने गर्छ तैले शिखर चढ्नु,
तिमी बिना यो पाईला कहाँ शिखर पुग्छ ।।

रहरहरु थाँती बस्यो भने रुन्छन् किन मान्छे,
आफ्नै मनको आफै शत्रु हुन्छन् किन मान्छे ।
अमूल्य यो जिन्दगीलाई मल जल गर्न छाडी,
अनाहकमै कालको बाटो चुन्छन् किन मान्छे ।।


तिम्रो हार्दिकताभित्र कुटिल चाल थियो,
मेरो खुशी बन्दकीमा छोप्ने जाल थियो ।
त्यसैले पो त मैले तिम्रो बस्ति टेकिन,
त्यहाँ बाक्लै शकुनीपासाको खाल थियो ।।

0 comments

Post a Comment