तीन मुक्तक

कहिले शिखर चढें कहिले बेशी झरे,
नगरौ’नि कसरी हाउ यायाबर न परे ।
मृगतृष्णा हो कि मेरो जिन्दगी खोज्नु,
जिन्दगी खोज्दा खोज्दै सीमापारी तरे ।।


भन्छन् यहाँ मान्छेहरु जमाना खराब छ,
मान्छे नै मान्छेका लागि यहाँ धराप छ ।
फगत जीतकै लागि हेर त यो धरतीमा,
हर मान्छेहरु बिचमा मिथ्या टकराव छ ।।


देशको माया छल्किदैछ आँखाभरि,
लाग्छ मलाई मेरो बस्ति स्वर्गसरि ।
स्वर्ग छाडेर किन आए दुर देशमा,
यै सवालमा घोचिन्छु म घरिघरी ।।

0 comments

Post a Comment