तीन मुक्तक

आशाहरु फूल्दै छ र त म बाँचेको छु,
हजार चोट लाग्दा पनि म हाँसेको छु ।
पक्कै’नि आउँनेछ मेरो पनि दिन यहाँ,
त्यसैले त अचेल जिन्दगी साँचेको छु ।।

हाम्रो सम्बन्धमा झेल थियो,
माया भन्दा बढि खेल थियो ।
त्यसैले त अधुरो रह्यो यात्रा,
हो मायाको बे्रक फेल थियो ।।

टेकेर पराईको छातीमा मलाई शिखर जानु छैन,
पेटकै लागि यहाँ दुनिया छलेर मलाई खानु छैन ।
खियाउँछु दश नङग्रा म त धर्तीमाथि बाँचुन्जेल,
मित्थ्यामै किन लोभगर्नु मर्दा केहि’नि लानु छैन ।।

0 comments

Post a Comment