गजल
तिम्रा हर गल्तिमा ताली बजाउँ खै कसरी,
यो खाली छातीमा तिमी सजाउँ खै कसरी ।
पराई बागमा फूल्ने चाहना रे त्यो दिलको,
यतै फूल्नु भन्दै तिम्लाई कजाउँ खै कसरी ।
आत्मा पनि बोल्छ छायाँ बनेर पछ्याई रहुँ,
तिम्रो शहर छोडि अन्तै म जाउँ खै कसरी ।
तिम्ले अचेल भन्छौ दुईकिनार भई बगौ है,
साथमा बाँचौ भन्ने रहर भजाउँ खै कसरी ।।
यो खाली छातीमा तिमी सजाउँ खै कसरी ।
पराई बागमा फूल्ने चाहना रे त्यो दिलको,
यतै फूल्नु भन्दै तिम्लाई कजाउँ खै कसरी ।
आत्मा पनि बोल्छ छायाँ बनेर पछ्याई रहुँ,
तिम्रो शहर छोडि अन्तै म जाउँ खै कसरी ।
तिम्ले अचेल भन्छौ दुईकिनार भई बगौ है,
साथमा बाँचौ भन्ने रहर भजाउँ खै कसरी ।।

0 comments