बिरानो शहरमा हराई दिन्छु म,
स्वर्णिम प्रहरमा हराई दिन्छु म ।
भरिलो बैशको हेराई’नै नशालु,
तिर्खालु रहरमा हराई दिन्छु म ।
गोधुली छल्किदाँ हिजोले पोल्यो,
आँसुका नहरमा हराई दिन्छु म ।
बिर्सनै सकिन उनीलाई त्यसैले,
जिन्दगी जहरमा हराई दिन्छु म ।।
१७ सेप्टेम्बर २०१२
दोहा, कतार ।
0 comments