गीत– जान्छन् किन ।

जूनझै बनि आएपछि घुन बनि खान्छन् किन,
चोखोमाया लाएपछि नातातोडि जान्छन् किन ।

दुनियाँको आँखा छल्न नौटंकी मन रुँदो रै’छ,
सुन्दर शीतल मुहारभित्र धेरै कालो हुँदो रै’छ ।
छुरा चलाई अरुमाथि खुशीलुटि लान्छन् किन,
चोखोमाया लाएपछि नातातोडि जान्छन् किन ।

घाँईते मनलाई आशाहरु जतनगर्न गाह्रो पर्छ,
कयौ फूल त्यसैले त कोपीलामै ओईली झर्छ ।
पिरतीको जाल बाँधेर निर्दोषीलाई हान्छन् किन,
चोखोमाया लाएपछि नातातोडि जान्छन् किन ।।

१५ अक्टोबर २०१२
दोहा, कतार

0 comments

Post a Comment