तीन मुक्तक
गल्तिबाटै जिन्दगीले नयाँ मोड लिन्छ,
भोगाईहरु पगालेर नौलो आकार दिन्छ ।
हिजोलाई केस्रा-केस्रा केलाउन सकेमात्र,
मनुवाले हरमोडमा आफ्नो कर्म चिन्छ ।।१।।
नजर वाणले घाँइते भा’छु म भो तरवार नचलाऊ,
तिम्रो लागि झुपडी मेरो लागि यै दरवार नजलाऊ ।
जित्छ यहाँ सधैँ सत्यले यो कलियुगै भएता पनि,
फगत जितकै लोभमा जालझेल बारम्बार नफलाऊ ।।२।।
भन्दिन म तिम्रो लागि जून तारा झारी दिउँला,
जादुटुना मोहनी लगाई पछिलाग्ने पारी दिउँला ।
मैलेजस्तै विश्वास खर्चि मलाई मायागर्छौ भने,
लुट्न खोज्ने भमराको पस्ने गौडा बारी दिउँला ।।३।।

0 comments