तीन मुक्तक

धनको धनी धेरै भए मनको धनी अनिकाल भो,
सत्यलाई कुल्चिने चैँ हिजो आज मालामाल भो ।
जालझेल'कै खेती फल्छ अचेल हाम्रो बस्तिभरि,
हत्या हिंसा मौलाउँनाले फूलको नजर बेहाल भो ।।१।।

सत्य कहिल्यै ढाकिन्न पर्दा हाल्न नखोज्नु,
लोभले विनाश गर्दछ स्वार्थ पाल्न नखोज्नु ।
दुईदिनका पाहुना धर्तीका कर्म गर्न पर्छ है,
हतारको यात्रा गरेर विश्वास ढाल्न नखोज्नु ।।२।।

रात लमतन्न सुतिरहेछ म भने जागिरहेछु,
उस्कै न्यानो समिप खै किन हो मागिरहेछु ।
जान्दछु जून भन्दा पनि धेरै टाढाछिन् उनी,
उनी भेट्न कस्तुरी झै भ्रममा म भागिरहेछु ।।३।।

0 comments

Post a Comment