तीन मुक्तक

हिजो आज खै किन रातहरु सुतेर जगाउँछ मलाई,
खै कस्तो तृष्णा होला यो छट्पटी लगाउँछ मलाई ।
यही हालको आयु लम्बियो भने मेरो भोगाईहरुमा,
पक्का हो यो धरतीले अति छिट्टै भगाउँछ मलाई ।।१।।

कुहिरोका घुम्टो ओढी रमाउँने मेरा बस्तिहरु,
देशका लागि ज्यानै सुम्पिन्थे यहाँ हस्तिहरु ।
दक्षिणका सीमा मिच्न थाले सधियारीले हेर,
उठ बीरका सन्तान बढाउँ सीमाका गस्तिहरु ।।२।।

तिम्रो अभाव जूनीभरि खड्किने छ,
तिमी खोज्दै यी नयन भड्किने छ ।
देखेको'थे सपनाहरु तिमी भेटे पछी,
तिमीबिना मेरो सपना झड्किने छ ।।३।।



0 comments

Post a Comment