मेरो भूल भयो
जिन्दगीमा तिमी आयौ आगनीमा फूल भयो,
पहिल्यै किन बोलाइनछु त्यहि मेरो भूल भयो ।
बर्षौदेखि तिमी जस्तै खोजी हिडे मनकी धनी,
जबदेखि नजर जुध्यो साथी बने मुस्कान पनि ।
तिम्रो माया दुईमुटूलाई जोड्ने एउटै पूल भयो,

कोही छैन यो धर्तीमा तिमी जस्तो दानी गुणी,
यस्तै माया दियौ भने बाँच्छु म त सयौ जूनी ।
तिम्रो माया मेरोलागि जीवन जीउने मूल भयो,
पहिल्यै किन बोलाइनछु त्यहि मेरो भूल भयो ।।

0 comments