तीन मुक्तक

चोखो माया बसेपछि छुट्न गाह्रो हुन्छ,
हजार चोट दिँदा पनि उहि प्यारो हुन्छ ।
बाटो फरक भए पनि माया गाढा हुन्छ,
झुटो माया गरेपछि नजरको तारो हुन्छ ।।१।।

तिम्रो याद यै मुटूमा बोक्छु,
चाहनाको सीमा रेखा तोक्छु ।
तिमी बिना जिते पनि हार्छु,
जितौ भन्ने संकल्पनै रोक्छु ।।२।।

जूनले हाँस्दा उनले हाँस्दा यो मन आफै हाँस्न थाल्छ अचेल,
उनको ओठमै खुशी देख्दा मन–ले पीडा मास्न थाल्छ अचेल ।
त्यसैले त चर्म–चक्क्षु उनको ओठमा मुस्कानको खोजी गर्छ,
उनको दर्शन मिल्दा पो त जितले नाता गाँस्न थाल्छ अचेल ।।३।।

0 comments

Post a Comment