गजल
बादल बिना बर्षा झार्छु नभन,
जित्ने बाजी छ यो हार्छु नभन ।
धेरै घुम्ती नाप्यौ सपना बाँडेर,
हिड्ने बाटो फरक पार्छु नभन ।
तिमी त छौ मलाई माया गर्ने,
तिम्ले चट्टै माया मार्छु नभन ।
दुबै मिली सजाउ हाम्रो संसार,
दिलको डेरा अन्तै सार्छु नभन ।
सार्थक हुन्छ जूनी तिम्रै भएमा,
"भानु" आउने गौडा बार्छु नभन ।।
२७ अगस्त २०१२
दोहा, कतार
जित्ने बाजी छ यो हार्छु नभन ।
धेरै घुम्ती नाप्यौ सपना बाँडेर,
हिड्ने बाटो फरक पार्छु नभन ।
तिमी त छौ मलाई माया गर्ने,
तिम्ले चट्टै माया मार्छु नभन ।
दुबै मिली सजाउ हाम्रो संसार,
दिलको डेरा अन्तै सार्छु नभन ।
सार्थक हुन्छ जूनी तिम्रै भएमा,
"भानु" आउने गौडा बार्छु नभन ।।
२७ अगस्त २०१२
दोहा, कतार

0 comments