गजल

तिम्ले छले पछि फेरी बाजी जितेँ,
आशा बले पछि फेरी बाजी जितेँ ।

माया गर्छु भन्दै सबै लुटि लग्यौ,
खुशी चले पछि फेरी बाजी जितेँ ।

तिम्रो भरमापर्दा पीडा भो लटरम्मै,  
आँसु फले पछि फेरी बाजी जितेँ ।

झरे कति आँसु छाती पोल्दै गर्दा,
छाती जले पछि फेरी बाजी जितेँ ।

तिमीले झै मैले कसम तोडी हेरे,
बाचा ढले पछि फेरी बाजी जितेँ ।।

१० जून २०१२
दोहा, कतार ।

0 comments

Post a Comment